दफा २३ख
पेटेण्ट, डिजायन र टेडमार्क नवीकरण गराउने कार्यविधि
(१) दफा ८, दफा १४क, र दफा १८घ. बमोजिम पेटेण्टवाला, डिजायनवाला र टेडमार्कवालाले पेटेण्ट, डिजायन र टेडमार्क प्रयोग
गर्न पाउने अवधि समाप्त भएको मितिले पैंतीस दिनभित्र क्रमशः अनुसूची–२(घ), २(ङ) र २(च) बमोजिमको ढाँचामा दरखास्त दिई अनुसची–३ बमोजिमको दस्तुर तिरी त्यसको नवीकरण गराउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम नवीकरण गराउने म्याद नाघेको मितिले ६ महीनासम्म एक हजार रूपैयाँ जरिवाना तिरी नवीकरण गराउन सकिनेछ । सो म्यादभित्र पनि नवीकरण नगराइएमा पेटेण्ट, डिजायन र टेडमार्कको दर्ता स्वतः खारेज हुनेछ ।
(३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि पेटेण्टको हकमा सात–सात वर्षको पटक कायम गरी दुई पटकसम्म, डिजायनको हकमा पाँच–पाँच वर्षको पटक कायम गरी दुई पटकसम्म र टेडमार्कको हकमा सात–सात वर्षको पटक कायम गरी जति पटक पनि नवीकरण गराउन सकिनेछ ।